दफा ५२
मतगणना गर्ने स्थानमा प्रवेश
(१) निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानमा देहायका व्यक्ति बाहेक अरु कसैलाई प्रवेश गर्न दिने छैनः-
(क) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फका उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि,
(ख) समानुपातिक निर्वाचन प्रणाली तर्फ दलको एक जना निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि,
(ग) मतगणनाको काममा खटिएका कर्मचारी,
(घ) आयोगबाट अनुगमन वा अन्य प्रयोजनको लागि खटिएका पदाधिकारी वा कर्मचारी,
(ङ) आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक,
(च) सुरक्षाको लागि खटिएका कर्मचारी,
(छ) आयोग वा निर्वाचन अधिकृतबाट अनुमति पाएका व्यक्ति ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मतगणना स्थलको सुरक्षार्थ खटिएको सुरक्षाकर्मी बाहेक कुनै प्रकारको हतियार साथ लिएको व्यक्ति वा मादक पदार्थ सेवन गरेको व्यक्तिलाई निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानमा प्रवेश गर्न दिने छैन ।
(३) मतगणना गर्ने काममा बाधा पुर्याउने जुनसुकै व्यक्तिलाई निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानबाट बाहिर जान आदेश दिन सक्नेछ र त्यस्तो आदेश पाएको व्यक्तिले मतगणना गर्ने स्थानबाट बाहिर जानु पर्नेछ । त्यस्तो आदेश पालना नगरी अटेर गर्ने व्यक्तिलाई निर्वाचन अधिकृतको आदेश बमोजिम सुरक्षाकर्मीले त्यस्तो स्थानबाट बाहिर पठाउनेछ ।